पूर्व अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्थतन्त्रका कुनै पनि सूचक सकारात्मक नरहेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले नेपाली अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको जिकिर गरे । ‘अर्थतन्त्रमा समस्या छन्, परिसूचक नकारात्मक छन् तर निवर्तमान अर्थमन्त्री आँकडा सच्याउन हिँड्नुभयो,’ उनले भने, ‘आँकडा सच्याएर हुँदैन, अवस्था सच्याउनुपर्छ ।’

गलत सूचना सम्प्रेषण गरेर अर्थतन्त्र दुरुस्त छ भनेर दाबी गर्नु आपत्तिजनक रहेको पनि पौडेलले प्रस्ट पारे । ‘राजस्वको लक्ष्य पूरा हुन सक्दैन, स्वयं निवर्तमान अर्थमन्त्रीले गरेको संशोधिन अनुमानमा पुग्न पनि गाह्रो छ,’ उनले भने, ‘खर्च गर्न नसक्ने अवस्था छ । निर्माण व्यवसायी भुक्तानी मागिरहेका छन् तर सरकार खर्च गर्न सकिरहेको छैन ।’

आर्थिक वर्षको सुरुका महिनामा सामान्यतया आन्तरिक ऋण नउठाइने भए पनि यसअघिको सरकारले आन्तरिक ऋण उठाउने अवस्थामा पुगिसकेको अवस्थामा समेत अर्थतन्त्र सकारात्मक रहेको भ्रामक प्रचार गरेको पौडेलको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *