काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न सरकारले आगामी तीन वर्षसम्मका लागि १४५ वटा स्वास्थ्य संस्थालाई नवीकरण गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नवीकरण गर्नका लागि आवेदन दिएकामध्ये योग्यता पुगेका १४५ स्वास्थ्य संस्थालाई आगामी तीन वर्षसम्मका लागि स्वास्थ्य परीक्षण गर्न नवीकरण गरेको हो ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७२ एवम् वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ ‘क’ तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ बमोजिम मन्त्रालयले बैदेशिक रोजगारमा जाने नेपाली कामदारले विदेश जानु अघि गर्ने स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्था सूचीकरण नवीकरण भएको मिति देखि तेश्रो वर्षको पौष एक गतेदेखि पौष मसान्तसम्म नविकरण हुनुपर्ने व्यवस्था बमोजिम मन्त्रालयमा सूचीकरण भएका थिए ।