काठमाडौँ। जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हिमाली गाउँपालिका–१ बिच्छ्याकी २२ वर्षीया सुत्केरी सुस्मिता खड्कालाई जिल्ला अस्पताल बाजुराबाट प्रादेशिक अस्पताल सुर्खेत नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागी आज उद्धार गरि ल्याइएको हो ।
दुई दिन पहिले शल्यक्रिया गरेको खड्काको पेट सुन्निएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको हो । जिल्ला अस्पताल बाजुराले महिला तथा बालबालिका मन्त्रालयलाई सुत्केरीको अवस्था जटिल बन्दै गएको पत्राचार गरेपश्चात राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सेनाको हेलिकप्टरमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताएका छन् ।
