काठमाडौँ । पोर्न स्टार सोफिया लियोनीको अमेरिकाको न्यू मेक्सिमा निधन भएको छ । न्यूयोर्क पोस्टका अनुसार सोफियाको अपार्टमेन्टबाट उनको शव भेटिएको थियो । तर, उनको मृत्युको कारण भने खुल्न सकेको छैन । संचारमाध्यमका अनुसार सोफियाको मृत्युको पछाडी चोरी र हत्याको आशंकामा अनुसन्धान भइरहेको छ ।

२६ वर्षीय सोफियाका सौतेनी बुबा माइक रोमेरोले गो फन्ड मी वेबसाइटमा आफ्नी छोरीको मृत्युको बारेमा जानकारी दिएका थिए।

सोफियाको जन्म १० जुन १९९७ मा अमेरिकाको मियामीमा भएको थियो । आईएमडीबी पेजका अनुसार उनले सन् २०१४ मा १८ वर्षको उमेरमा पोर्न उद्योगमा प्रवेश गरेकी थिइन् ।

सोफिया १०१ वटा मोडलिङ कम्पनीसँग आबद्ध थिइन् । सोफियाको मृत्युको खबर कम्पनीले पनि पुष्टि गरिसकेको छ । उनले हालसम्म करिब ८० फिल्ममा काम गरिसकेकी छिन् । 

सोफियाका सौतेनी बुबा माइक रोमेरोले सोफियाको अन्त्येष्टिका लागि वेबसाइटमा ५ लाख रुपैयाँ संकलन गरिसकेका जनाइएको छ ।

उनको नेटवर्थ एक मिलियन डलर देखि पाँच मिलियन डलर बीचमा थियो । सामाजिक संजालबाट नै उनले १० हजार डलर देखि ५० हजार डलरसम्म कमाउने गर्थिन् । उनकाे कुल सम्पत्ति करिब ९ कराेड ९९ लाख ३६ हजार डलर बराबर रहेकाे छ ।