काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले टोटनहमलाई हराएको छ । टोटनहमले शनिबार उक्त खेलमा शीर्ष चारमा उक्लने अवसर गुमाएको हो ।

उसलाई गम्भीर धक्का दिँदै फुलहमले कार्भेन कटेजमा भएको खेलमा ३–० को जित निकाल्यो । फुलहमका रोड्रिगो मुनिजले दुई र सासा लुकिकले एक गोल गरे ।

जितसँगै फुलहम २९ खेलबाट ३८ अङ्क सहित तालिकाको १२ औं स्थानमा रह्यो । २८ खेलमा ५३ अङ्क रहेको टोटनहम पाचौँ स्थानमा छ ।

शनिबारका अन्य खेलमा बर्नलीले ब्रेन्टफोर्डलाई २–१ ले हरायो भने लुटन टाउन र नटिङघम फरेस्टले १–१ को बराबरी खेले ।