काठमाडाैँ । अस्ट्रेलियाले एक विज्ञप्ति निकालि आउँदो मार्चमा यूएईमा हुने तय भएको एकदिवसीय क्रिकेट शृङ्खला नखेल्ने घोषणा गरेको छ ।
अफगानिस्तानमा महिला र बालिकाको अधिकार हनन भइरहेको भन्दै अस्ट्रेलियाले क्रिकेट शृङ्खला नखेल्ने निर्णय गरेको हो । सरकारसँगको छलफलपछि यस्तो निर्णय लिएको क्रिकेट अस्ट्रेलियाले सामाजिक सञ्जाल एक्समा उल्लेख छ । अस्ट्रेलिया र अफगानिस्तानबीचको ३ वटा खेलको टी–२० क्रिकेट शृङ्खला आउँदो अगस्टमा यूएईमा हुने तालिका थियो ।
अगस्ट २०२१ मा अफगानिस्तानमा सत्ता हातमा लिँदा तालिबानले महिला अधिकारको बारेमा कडा नहुने बताएको थियो, यद्यपि त्यसयता तालिबानले महिलामाथि शिक्षा, रोजगारी तथा पार्क र जिम जस्ता धरै क्षेत्रहरुमा प्रतिबन्ध लगाएको छ ।
