काठमाडौँ । भारतको विदेशी मुद्रा सञ्चिति लगातार चौथो साता बढेर मार्च १५ मा ६४२.४९ अर्ब अमेरिकी डलर पुगेको छ । देशको केन्द्रीय बैंकले यो अहिलेसम्मकै उच्च रहेको बताएको छ ।
भारतको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको यो लगातार चौथो साता हो । भारतीय रिजर्भ बैंक अफ इन्डियाको तथ्याङ्क अनुसार मार्च १५ मा समाप्त भएको सातामा विदेशी मुद्रा सञ्चिति झन्डै ६ अर्ब ४ करोड डलरले वद्धि भएको थियो । पछिल्लो तीन हप्तामा यो २० अर्ब डलरले बढेको छ ।
यस हप्तामा विदेशी मुद्रा सम्पत्ति ५६८ अर्ब ३८६ अर्ब डलर रहेको छ भने सुनको सञ्चिति ५१ अर्ब १४ करोड डलर रहेको तथ्यांकले देखाएको छ । भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा यसको न्युन स्तर ८३.४३ मा झरेको छ ।
भारतको अर्थतन्त्र अहिले विश्वको तीव्र गतिमा बढिरहेको अर्थतन्त्रमा पर्छ । यसले भारतलाई २०२३ मा २०.७ बिलियन डलरको विदेशी लगानी हासिल गर्न मद्दत गरेको छ ।
