काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउले हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।  आज तोलामा २ हजार १ सय रुपैयाँले बढेसँगै सुनको भाउ तोलामा १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

हिजो तोलाको १ लाख २७ हजार ९ सय रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड कायम गरेको थियो । यो रेकर्डले आज पुन तोडिएको हाे । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

अमेरिकी रिजर्भ बैंकले ब्याजदर कटौती गर्ने सङ्केत गरेसँगै सुनको भाउमा चाप परेको व्यवसायीको भनाइ छ । यस्तैगरी, आज चाँदी १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *