बाँकेको खजुरा गाउँपालिकामा श्रीमान् र श्रीमतीबीच भएको आपसी झगडामा हतियार हानाहान हुँदा दुवै जना गम्भीर घाइते भएका छन् । खजुरा गाउँपालिका-३ बीगाउँका महेन्द्र सिंह रावत र उनकी श्रीमति रितासिंह ठकुरी घाइते भएका हुन् ।

घरकै कोठाभित्र चुक्कुल लगाएर भएको झगडा हानाहानमा परिणत भई मासु काट्ने प्रयोग हुने धारिलो हतियार प्रयोग गरी उक्त घटना घटेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताएका छन् । श्रीमान् र श्रीमती कोठा थुनी झगडा गरीरहेको भन्ने सूचना पाएपछि प्रहरी पुगेर ढोका फोरेर हेर्दा दुवै जना बेहोश अवस्थामा रहेकाले उपचारका लागि नेपालगञ्ज ल्याइएको जानकारी दिए।

नेपालगञ्ज मेडिकल कलेजमा उपचार दुवैको उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।