काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले रासायनिक मलको सहज उपलब्धता गराउन तथा दूध किसानको रकम तत्काल भुक्तानी प्रकृया अगाडी बढाउनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै दूधको किसानको ५ अर्ब रुपैयाँ रकम भुक्तानी गर्न बाँकी रहेको बताएका हुन्।

बर्तौंलाले भने, ‘कृषिमन्त्रीज्यू यहाँ हुनुहुन्छ किसानहरूलाई लामो समयदेखि दूधको मूल्य पाएका छैनन्। देशभर ५ अर्बभन्दा बढी दूधको मूल्य भुक्तानी गर्नुपर्नेछ। यो कृषिप्रधान देश हो म सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु सरकारले बजेट निर्माण गर्दै छ। त्यसमा पनि सम्बोधन होस् र दूधको मूल्य भुक्तानी होस्, खेतीपातीको समय सुरु हुँदैछ। किसानहरूले रासायनिक मल पाउने कुरामा पनि सहजता छैन। बिचौलियाहरू हाबी भइरहेका छन्। त्यसको अन्त्य गरेर मल सहज रूपमा पाउने व्यवस्था गरियोस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *