काठमाडौं – कोलकाता नाइट राइडर्सले बुधबार राति भएको खेलमा दिल्ली क्यापिटलमाथि १०६ रनको शानदार जित निकाल्दै इन्डियन प्रिमियर लिग (आईपिएल)को शीर्ष स्थानमा उक्लिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ७३ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा दिल्ली कमजोर सावित भयो। उसले १७.२ बलमा सबै विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो।

विशाखापटनममा भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २७२ बनाएको थियो। कोलकाताका लागि सुनील नारायणले सर्वाधिक ८५ रन बनाए। ३९ बल खेलेका उनले ७ चौका र ७ छक्का प्रहार गरे। त्यस्तै अंगकृष रघवंशीले २७ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन,आन्द्रे रसेलले ४१ र रिङ्कु सिंहले २६ रन बनाए । दिल्लीका एनरिक नोर्ट्जेले ३, ईशान्त शर्माले २ तथा खलिल अहमद र मिचेल मार्शले समान १–१ विकेट लिए ।

२७३ रनको विशाल लक्ष्य पाएको दिल्लीका लागि कप्तान ऋषभ पन्त र ट्रिस्टन स्टब्सबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् । पन्तले २५ बलमा ५५ रन बनाए भने स्टब्सले ३२ बल खेल्दै ५४ रन जोडे । दिल्लीका ओपनर डेबिड वानर १८ र पृथ्वी शा १० रनमा आउट भए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । कोलकत्ताका लागि वैभव अरोराले र वरुण चक्रवर्थिले समान ३–३, मिचेल स्टार्कले २ तथा आन्द्रे रसेल र सुनिल नरिनले समान १–१ विकेट लिए ।

जितसँगै कोलकत्ता ३ खेलमा शत प्रतिशत नतिजा सहित शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली भने ४ खेलमा १ जित सहित नवौं स्थानमा छ ।
आईपीएलमा आज गुजरात टाइटन्स र पञ्जाब किंग्स खेल्दैछन् । यो खेल साँझ ७:४५ बजे सुरु हुनेछ।
