काठमाडौँ । निर्वाचन आयोगले वैशाख १५ गते इलाम-२को प्रतिनिधिसभा र बझाङ-१(१)को प्रदेश सभामा हुने उपनिर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ।

निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो ।

आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार बिहीबार बसेको बैठकले उपनिर्वाचन हुने प्रतिनिधिसभा तर्फ निर्वाचन क्षेत्र नम्बर २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र स्वीकृत भएको जानकारी दिए।

त्यस्तै बझाङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोक्ने स्वीकृत भएको उनले बताएका हुन्।

आयोगले अनुसार देशभर  १० हजार ८९२ मतदान स्थल तोकेको हो ।