काठमाडौँ । नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनकै श्रीमतीले कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी हुन् । पत्नीले अप्राकृतिक तरिकाले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् ।
ओडविरुद्ध चैत्र २० गते जाहेरी परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए । अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको उनले बताए ।
ओड कृष्णपुर नगरपालिका, गुलरियाका बासिन्दा हुन्। उनलाई पक्राउ गर्ने तयारी भईरहेको पन्तले बताएका छन् । ओड पक्राउ परी नसकेको अहिले कार्यक्रमका लागि जापानमा रहेको बताइएको छ । उनी थाइल्यान्डबाट जापान पुगेका हुन् ।
