ललितपुरको हात्तिवनस्थित रहेको एक सोफा कारखाना (सिक्मा मेटल इन्टक्स) मा आज बिहान आगलागी हुँदा एकजनाको मृत्यु भएको छ।

आगो नियन्त्रणमा लिइसकेपछि एकजनाको शव जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिनुभयो ।

पोष्टमार्टमका लागि क्रिस्ट अस्पतालमा राखिएको छ । शव जलेको अवस्थामा रहेकाले पहिचान हुन नसकेको र सनाखत गर्ने प्रयास भइरहेको एसपी सुवेदीले बताए ।

ललितपुर महानगरपालिका–२३ हात्तीवनमा रहेको कारखानामा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीको थप विवरण आउन बाँकी छ ।