काठमाडौँ । इंडियन प्रिमियर लिग अन्तर्गत आईतवार भएको दोस्रो खेलमा गुजरात टाइटन्स लखनउ सुपर जायन्ट्ससँग ३३ रनले पराजित भएको छ । अटल बिहारी वाजपेयी इकना क्रिकेट स्टेडियममा १६३ रनको योगफल बनाएको लखनउले गुजारतविरूद्ध ३३ रनको रोमाञ्चक जित निकालेको हो।
लखनऊले दिएको १६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १३० रन मात्र बनाउन सक्यो । गुजरातका लागि साई सुदर्शनले बनाएको ३१ रन नै सर्वाधिक वनमा पुग्यो । यस्तै राहुल तेवातियालिए ३० र शुभमन गिलले १७ रन बनाउनु बाहेक अन्यको उल्लेखनीय प्रदर्शन रहन सकेन ।
लखनउका लागि ठाकुरले ३.५ ओभर बलिङ गर्दै एक मेडनसहित मात्र ३० रन खर्चेर ५ विकेट लिए । उनलाई पाण्ड्याले ४ ओभरमा मात्र ११ रन खर्चँदै ३ विकेट लिएर राम्रो साथ दिए । यस्तै नभिन उल-हक र रभि विश्नोईले समान १-१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको लखनउले मार्कस स्टोइनिसको अर्धशतकको मद्दतले निर्धातिर २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । लखनऊका लागि मार्कस स्टोइनिसले ४३ बलमा सर्वाधिक ५८ रन बनाए । यस्तै कप्तान केएल राहुलले ३३ तथा निकोलस पुरनले ३२ रन जोडे । आयुष बडोनीले २० रन बनाए ।
उनलाई कप्तान केएल राहुलले ३३ रन तथा निकोलस पुरनले ३२ रन बनाउँदै साथ दिए । आयुश बडोनीले ११ बलमा २० रनको योगदान दिए । गुजरातका लागि उमेश यादव र दर्शन नलकन्डेले २–२ विकेट लिए ।
जित पछि लखनऊ ४ खेलमा ३ जित सहित तालिकाको तेस्रो स्थानमा छ भने गुजरात ५ खेलमा २ जित सहित सातौं स्थानमा छ।आईपिएलमा सोमबार चेन्नाई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्स भिड्ने छन् ।
