काठमाडौँ । वाणिज्य बैंकहरुको नाफा फागुनमा १९ प्रतिशतले वृद्धि भएको छ। गत फागुन महिनामा मात्रै बैँकहरुले जम्मा ६ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएका हुन्।

माघ मसान्तसम्ममा ३५ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएका बैँकहरुले फागुन मसान्तसम्ममा ४२ अर्ब ३० करोड रुपैयाँ कमाएका छन्। जुन माघको तुलनामा १९.२० प्रतिशतले धेरै हो।

फागुन मसान्तसम्ममा सबैभन्दा धेरै ४ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएको नबिल बैंकले माघ मसान्तसम्ममा ३ अर्ब ९८ करोड रुपैयाँ नाफा कमाएको थियो । जुन १८ दशमलव ५० प्रतिशत हुन आउँछ ।

यस्तै ग्लोबल आइएमई बैंकले ३ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएको छ भने प्राइम बैंकले २ अर्ब ८८ करोड, राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ८७ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ अर्ब ८० करोड, एनआइसी एशिया बैंकले २ अर्ब ५४ करोड, एभरेष्ट बैंकको २ अर्ब २९ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ।

नेपाल एसविआई बैंकको नाफा सबैभन्दा कम १ अर्ब रुपैयाँ छ भने माछापुच्छ्र्रे बैंकको १ अर्ब १६ करोड र सिटिजन्स बैंकको १ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

(रकम दश लाखमा)