काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सर्वाधिक रन बनाएको क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २५ रनले हराएकाे छ । सोमबार राति रोयल च्यालेन्जर्स बैंगलुरूविरूद्ध २८७ रन जोडेको हैदरावाद २५ रनले विजयी भएको हो।

हैदराबादले दिएको दुई सय ८८ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले २० ओभरमा सात विकेट गुमाएर दुई सय ६२ रन बनायो । बेङ्गलुरुका दिनेश कार्तिकले ३५ बलमा ५ चौका र ७ छक्का सहित ८३ रन बनाएपनि जित तर्फ डोहोर्याउन सकेनन् । त्यस्तै कप्तान फाफ डु प्लेसिसले २८ बलमा ७ चौका र ४ छक्का सहित ६२ रन, विराट काेहलीले २० बलमा ४२ रन बनाए । अनुज रावतले २५ जोड्दा महिपाल लोम्रोरले १९ रन जोडे । हैदराबादका कप्तान प्याट कमिन्सले ३, मयंक मार्कंडेयले २ विकेट तथा टी नटराजनले १ विकेट लिए ।

त्यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर दुई सय ८७ रन बनाएको थियो । हैदराबादका टेभिस हेडले ४१ बलमै सर्वाधिक १०२ रन बनाए। उनले ९ चौका र ८ छक्क हान्दै गर्दै रोचक शतक प्रहार गरेका हुन् । हेनरिक क्लासेन ६७ र अभिषेक शर्माले ३४ रन जोड्दा पहिलो विकेटका लागि अभिषेक र हेडले १०८ रनको साझेदारी गरेका थिए। एडेन मार्कराम ३२ र अब्दुल समद ३७ रनमा नटआउट रहे। आरसिबीका लकी फर्ग्युसनले २ विकेट लिँदा रिस टोपले १ विकेट हात पारे ।

जितसँगै चौथाे स्थानमा रहेको हैदराबादको ६ खेलबाट ८ अङ्क रहेको छ । एक खेल बढी खेलेको बेङ्गलुरु २ अङ्कका साथ पुछारमा छ ।
आईपीएल इतिहासको सबैभन्दा धेरै योगफल बनाएर सनराइजर्स हैदराबादले आफ्नै कीर्तिमान तोडेको छ । यसअघि मुम्बई इन्डियन्ससँगको खेलमा २ सय ७७ रन बनाएको हैदराबादले हिजो बेङ्गलुरुसँगको खेलमा २ सय ८७ रन बनायो ।
आईपीएल क्रिकेटमा आज राति पौने ८ बजे राजस्थान रोयल र कोलकाता किंग्स राइडर्सको खेल हुँदैछ ।
