काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ। सहकारी ठगी प्रकरणमा उनको नाम जोडिएको भन्दै नेविसंघले उनको राजीनामा माग गरेको हो ।
नेपाल विद्यार्थी संघ आरआर क्याम्पस इकाईले सहकारी प्रकरणमा छानविनका लागि मार्गप्रसस्त गर्नुपर्ने र राजीनामा दिनुपर्ने भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थीत आरआर क्याम्पस अगाडि मशाल जुलुससहित प्रदर्शन गरेका हुन् । उनीहरूले रवि लामिछानेको पुत्ला दहन तथा मसाल जुलुससहित विरोध गरेकाे छन्।


त्यस्तै कीर्तिपुरमा पनि नेविसंघले उनको राजीनामा माग गर्दै पुत्ला दहन गरेको छ । नेविसंघ त्रिभुवन विश्वविद्यालय सभापति विष्णु बडैलाले गृहमन्त्रीलाई कारबाही नहुँदासम्म नेविसंघ चुप लागेर नबस्ने बताए ।

प्रदर्शनीका क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले गृहमन्त्री राजीनामा दे, सहकारी ठगीको अनुसन्धान गर्नुपर्ने लगाएका नारा लगाएका थिए ।
सहकारी प्रकरणमा अनुसन्धानका लागि संसदीय छानविन समिति गठन गर्दा पनि सरकारले नमानेको र सरकारले सहकारी ठगहरूलाई जोगाउन खोजिएको भन्दै आन्दोलन गर्नुपरेको नेविसंघ अनुराज शाहले बताए ।
नेविसंघले लामिछानेमाथि अनुसन्धान नभएसम्म निरन्तर प्रदर्शन गर्ने जनाएका छन् ।
