काठमाडौँ । सुदूरपश्चिम प्रदेशको नवनियुक्त मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका दीर्घ सोडारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री भए लगत्तै प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई शपथ ग्रहण गराएका हुन्।

सोडारीलाई नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ पक्ष र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको छ । प्रदेश प्रमुख नजिर मियाँले आजसम्मको लागि दलहरूलाई दाबी पेश गर्ने समय दिनुभएको थियो ।

नाउपाका रेशम चौधरी पक्षका पाँच सांसदले भने प्रदेश प्रमुखलाई पत्र बुझाउँदै सोडारीलाई आफ्नो समर्थन नरहेको जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *