काठमाडौँ । जापानको पश्चिमी तटीय शिकोकु टापुमा बुधबार राति शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार राति ११ बजेर १४ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । उक्त भूकम्पपछि सुनामीको खतरा भने नरहेको बताइएको छ ।

हालसम्म भूकम्पपछि कुनै पनि भौतिक क्षति वा घाइते भएको कुनै पनि रिपोर्ट प्राप्त नभएको जापान टाइम्सको समाचारमा उल्लेख छ ।

भूकम्पको केन्द्रविन्दु सिकोकु र क्यूसो टापुको बिचमा जमिनको सतहभन्दा ३९ किलोमिटर तल रहेको बताइएको छ । यसको धक्का जापानको पश्चिमी क्षेत्रका धेरै भागमा महसुस गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *