काठमाडौँ । गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिएकी छन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनले बागलुङका विष्णु सापकोटासँग लगनगाँठो कसेकी हुन् ।

विष्णु सापकोटा बागलुङबाटै जन्ती लिएर मंगलबार झापा पुगिसकेका थिए । हिजो उनीहरुको हल्दी र मेहन्दी समारोह भएको थियो  ।

अस्ट्रेलियामा बस्दै आएका विष्णु पनि केही समयअघि नेपाल फर्किएका थिए । एलिना र बिष्णु केही समयदेखि अफेयरमा थिए । बीचमा ब्रेक अप भए पनि फेरि प्याचअप गरेर उनीहरुले विवाह गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *