काठमाडौँ । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । पछिल्लो पाँचदिनमा नेप्से सूचक ६३.८७ अंकले घटेको हो । साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से सूचक १९.५६ अंकले घटेर एक हजार नौ सय ७२ दशमलव १४ विन्दुमा झरेका छ।
बिहीबार कुल २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७९२ रुपैयाँ बराबरको ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर कारोबार भएको छ। आज सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै रुरु जलविद्युत् कम्पनीको शेयर ९.९९ प्रतिशतले घटेको भने गोर्खाज फाइनान्सको ९.३९ प्रतिशत र सिवाइसिएल लघुवित्तको ६.१२ प्रतिशतले घटेको छ।
समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरको शेयरमूल्य ७.९४ प्रतिशतले बढेको छ भने पोखरा फाइनान्सको ६.२१ प्रतिशत र मध्ये भोटेकोशी हाइड्रोपावरको ५.७० प्रतिशतले बढेको छ।
बिहीबार गोर्खाज फाइनान्सको सबैभन्दा धेरै १७ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सुर्य ज्योति लाइफ इन्स्योरेन्सको १० करोड ५१ लाख रुपैयाँ र पोखरा फाइनान्सको ७ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
