काठमाडाैँ । गण्डकी प्रदेश सभाको बैठक सुरु भएलगत्तै स्थगित भएको छ । विपक्षी दलले बहिष्कार गरेको आजको बैठकमा सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुख डिल्लीराज भट्टले पठाएको अधिवेशन आह्वानको पत्र सुनाएर अनिश्चितकालका लागि स्थगित गरेको जानकारी गराउनुभएको हो ।

बैठकले आजदेखि सुरु हुने संसद् बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठक बहिष्कार गर्ने निर्णय गरेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो । असंवैधानिक हिसाबले बोलाइएको बैठकमा सहभागी नहुने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

यसअघि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश सभा बैठक बहिष्कार गर्ने निर्णय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *