काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानका लागि आज नेपालले हङकङसँग खेल्दैछ । तेस्रो स्थानको खेल ओमानको अल अमिरातमा शनिबार नेपाली समय अनुसार ४: १५ बजे सुरु हुनेछ।

पहिलो सेमिफाइनलमा नेपाल यूएई र दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि शनिबार तेस्रो स्थानका लागि भिड्न लागेका हुन्।

हिजो भएको पहिलो सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भयो । समूह चरणका सबै खेल जितेको नेपाल अपराजित हुँदै सेमिफाइनल पुगेको थियो। सेमिफाइनलमा यूएईका बलरसामु नेपाल निरिह बनेको हो । त्यस्तै हिजो नै भएको दोस्रो सेमिफाइनलमा ओमानले हङकङलाई ५ विकेटले हरायो ।

प्रिमियरको कपको उपाधिका लागी आयोजक ओमान र युएई आइतबार भिड्नेछन्। यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्नेछ ।