काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा दुईहजार सात सय रुपैयाँले घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँमा आज कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजाबी सुन १ लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलाको एक लाख ३८ हजार २ सय र तेजाबी सुन एक लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तैगरी आज चाँदीको मूल्यमा पनि तोलामा ४५ रुपैयाँले घटेर १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
