काठमाडौँ । चीनले नेपालीसँग भिसा शुल्क नलिने भएको छ। काठमाडौंस्थित चिनियाँ दूतावासले आज बिहान सूचना निकालेर नियमित तर्फको भिसा शुल्क तिर्न नपर्ने जनाएको हो।

नियमित भिसा शुल्क नलागे पनि एक्सप्रेस शुल्क र सेवा शुल्क भने लिइने दूतावासले जनाएको छ । दूतावासका अनुसार एक्सप्रेस २ भिसाका लागि दुई हजार ७ सय र एक्सप्रेस १ भिसाका लागि ४ हजार रुपैयाँ तिर्नुपर्ने छ । त्यस्तै समूहतर्फ एक्सप्रेस २ का लागि १ हजार ३ सय ५० र एक्प्रेस १ का लागि २ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रवर्द्धन गर्न र नेपाल–चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन नियमित भिसाको शुल्क नलिने निर्णय गरेको नेपालका लागि चिनियाँ राजदूत छन सोङले बताउनुभएको छ ।

नेपालले चिनियाँ पर्यटक आकर्षक गर्ने उद्देश्यले केही वर्षअघि चिनियाँ पयर्टकसँग भिसा शुल्क नलिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *