काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथग्रहण गरेको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आईतबार सिंहदरबारमा एक समारोहका बिच शाक्यले पद तथा गोपनियताको शपथगरहण गरेकी हुन् । शाक्यलाई मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रिय सभाको सदस्य पदमा मनोनित गर्नुभएको थियो ।

त्यसलगत्तै सांसद शाक्यलाई सांसदको लागो हस्तातरण गर्नुहुँदै राष्ट्रिय सभाका अध्यक्ष दाहालले बधाइ दिनुभएको थियो । त्यस अवसरमा राष्ट्रिय सभाका सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुले पनि उहाँलाई बधाइ दिनुभएको थियो । सांसद शाक्यले देश र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । राष्ट्रियसभाको गरिमालाई उचाईमा पुर्याउनका लागी जे जस्ता काम पनि मैले बफदार भएर इमान्दारिताका साथ काम गर्ने बताइन् ।

एमाले विदेश विभाग सदस्य शाक्यले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राष्ट्रिय योजना आयोग सदस्यको भूमिकासमेत निर्वाह गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *