काठमाडौँ । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सोमबार दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको छ ।

एक सय ५४ रनको लक्ष्य कोलकाताले १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍याे । ओपनर फिल साल्टले ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का साथ सर्वाधिक ६८ रन बनाए । सुरेश ऐयर ३३ र वैंकेटस ऐयरले २६ रनमा नटआउट रहे । सुनिल नारिनले १५ र रिंकु सिंहले ११ रन जोडे । दिल्लीका अक्षर पटलेले २ र लिजाड विलियम्सले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो । दिल्लीका कुलदिप यादवले २६ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३५ रन बनाए । कप्तान रिसभ पन्तले २७ रन बनाएका थिए । ओपनर पृथ्वी शाहले १३, अर्का ओपनर जेक फ्रासेरले १२, अभिषेक पोरेलले १८, अक्षर पटेलले १५ रन जोडे । कोलकाताका वरुण चक्रवर्तीले ३, वैभव अरोरा र हर्षित रानाले समान २ तथा मिचेल स्टार्क, सुनिल नारिनले समान १ विकेट लिएका थिए ।

९ खेलमा ६ खेल जितेको कोलकाता १२ अङ्कसहित दोस्रो स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १६ अङ्क छ । दिल्ली ११ खेलमा १० अंकसहित छैटौं स्थानमा छ । आइपिएलमा मंगलबार लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्सबीच खेल हुनेछ ।लखनउमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।