काठमाडौँ । नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य-शैलीका कारण ‘द क्यानडियन चेखब’का रूपमा समेत परिचित मुनरोको मंगलबार निधन भएको हो । उनीको जन्म ओन्टारियोको किसान परिवारमा सन् १९३१ मा भएको थियो । केही वर्षदेखि उनी ‘डिमेन्सिया’बाट ग्रसित थिइन् ।

मुनरोलाई सन् २०१३ मा साहित्यतर्फको नोबेल साहित्य पुरस्कार दिइएको थियो । उनी सानैदेखि साहित्यप्रति रूचि राख्थिन्। एकपल्ट उनले गार्डियनसँग भनेकी थिइन्, ‘पुस्तक मेरा लागि जादुजस्तै थिए । र, म त्यो जादुको हिस्सा बन्न चाहन्थेँ ।’ नोबेल कमिटीले मुनरोलाई ‘समकालीन कथाकी कुशल कालिगढ’ को संज्ञासमेत दिएको थियो । चर्चित क्यानडेली साहित्यकार मार्गरेट एटवुडलेले मुनरोलाई ‘समकालीन अङ्ग्रेजी कथामा प्रमुख लेखकमध्येकी एक’ भनेकी थिइन् ।

एलिस मुनरोका ‘डियर लाइफ’, ‘रनअवे’, ‘लाइभ्स अफ गर्ल्स एन्ड वुमेन’ लगायतका चर्चित पुस्तक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *