काठमाडौँ । नेपाल राष्ट्र बैंकले घर कर्जालाई खुकुलो बनाएको छ। चालू आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले घर जग्गा खरिद प्रयोजनको लागि लिइने कर्जा प्रवाहलाइ खकुलो बनाएको हो ।
घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गर्दै कर चुक्ता प्रमाण पेश गरेका आधारमा यसअघि कम्तीमा ५० प्रतिशत ऋण पाउने व्यवस्थालाई संशोधन गरी ७० प्रतिशतसम्म ऋण पाउने व्यवस्था गरेको हो ।
गत पुस मसान्तसम्मको (मौद्रिक नीतिको दोस्रो समीक्षा) ले यस्तो घरजग्गामा २ करोडसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको थियो ।
