काठमाडौँ । जापानको टोकियोमा रहेको टोकियो बिग साइट कन्भेन्सन सेन्टर बाहिर ‘उड्ने कार’ प्रदर्शन गरिएको छ । टोकियोमा अत्याधुनिक प्रविधि प्रदर्शन गर्नेका लागी अन्तर्राष्ट्रिय स्तरको एक कार्यक्रममा पहिलो पटक ‘उडान कार’ ल्याइएको थियो ।
राजधानीको कोटो वार्डमा रहेको इन्टरनेशनल इभेन्ट टोकियो बिग साइट कन्भेन्सन सेन्टर बाहिर एउटा पार्किङ स्थलमा गाडी जमिनबाट झन्डै १० मिटर टाढा घुम्दा हेर्ने दर्शकहरुको घुइँचो लागेको थियो । उड्ने सवारी साधनहरू मानव यातायातको अर्को पुस्ताको हिस्सा बन्ने अपेक्षा गरिएको छ ।
ट्राफिक जामको सामना गर्न र प्रकोपग्रस्त क्षेत्रमा यस्तो कारको कार्य प्रभावकारी बढाउने विश्वास लिइएको छ । यूएस फर्म लिफ्ट एयरक्राफ्ट इंकद्वारा निर्मित हेक्सा ४ दशमलव ५ मिटर चौडा, २ दशमलव ६ मिटर अग्लो र करिव एक सय ९६ किलोग्राम तौल रहेको जनाइएको छ ।
