काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गतको १७ किलोमा हिजो राती चारवटा गाडीकाे ठक्कर खाँदा एक जनाको ज्यान गएको र २२ जना घाइते भएका छन् ।
आइतबार राती करिब १२ बजेतिर भएको दुर्घटनापछि केहीबेर सडक अवरुद्ध भएकोमा अहिले दुईतर्फी नै बाटो खुलिसकेको मुग्लिन प्रहरीले जनाएको छ ।
काठमाडौँबाट महोत्तरी बर्दिवासको लागि छुटेको ना ७ ख ३२४८ नम्बरको बस, काठमाडौँबाट प्युठानका लागी छुटेको बा ४ ख ९०८६ नम्बरको बस, ना ३ ख ७९१५ नम्बरको ट्रक र बीरगञ्जबाट काठमाडौँ तर्फ आइरहेको ना ६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएका प्रहरीकाअनुसार बताइएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको नयाँ मेडिकल कलेज भरतपुर र इच्छाकामना आधारभुत अस्पताल कुरिनटारमा उपचार भइरहेको छ ।
