काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १७ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । 

जेठ १७ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१)बमोजिम आजबाट लागू हुने गरे, १ देखि ३ वर्षसम्मका लागि निर्माण कम्पनीहरूलाई कालो सूचीमा राखिएको हो । 

निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने ब्यहोरा सूचनामा उल्लेख छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *