काठमाडौँ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ । आइतबार सुनकाे भाउ दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुन बिहीबार एक लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीकाे भाउ पनि घटेकाे छ । चाँदी आज २५ रुपैयाँले घटेर ताेलाकाे एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।