काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था संशोधन गरेको छ। यसअघिको विधानमा महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष हुने प्रावधान थियो ।
सोमबार बसेको महासंघको कार्य समितिले सो प्रावधानलाई सर्वसम्मत संशोधन गरेको हो। सो संशोधनसहितको विधानलाई आगामी मंसिरमा हुने साधारण सभाले पारित गरेपश्चात कार्यान्वयन गरिनेछ। अर्थात सो प्रावधान अर्को कार्यकालबाट लागू हुनेछ। जसअनुसार हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन्।
यस अघि भवानी राणा उपाध्यक्ष हुँदा विधान संशोधन गरी अध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो। सोभन्दा अघि भने अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गरिने व्यवस्था थियो।
संशोधित विधानमा एकबाट वरिष्ठ उपाध्यक्ष दुई जना रहने र तीन रहेको उपाध्यक्षमा थप गरेर एक महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको छ।
