मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर आज बिहान ४:४० मिनेटमा ३.९ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।

मुगुसहित आसपासका जिल्लामा धक्काको महसुस गरिएको र भूकम्पले भएको क्षतिबारे भने अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय, मुगुले जनाएको छ।

यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *