नेपाल राष्ट्र बैंकले आज २०८१ साल साउन १४ गते सोमबार सन् २०२४ जुलाई २९ तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ २७ पैसा निर्धारण गरेको छ भने खरिददर भने १३३ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ।
आज युरोपियन युरो एकको खरिदमा भने १४५ रुपैयाँ १५ पैसा र बिक्रीमा १४५ रुपैयाँ ८० पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२ रुपैयाँ ९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८६ पैसा पुगेको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ६२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५ पैसा रहेको छ।
कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७९ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ३९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ७० पैसा र बिक्रीमा २८ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
