राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साउन ९ गते नै राजीनामा बुझाएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
परराष्ट्र सचिव हुँदै मुख्यसचिव बनेका बैरागी २०८० जेठ ३२ मा राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त भएका थिए ।
