मोटरसाइकललाई ट्रिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। शनिबार घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको हो।

दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको बताउनु भएको छ।

मृतकका आफन्तले ट्रिपर चालकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै घोराही-तुलसीपुर सडकखण्ड अवरुद्ध गरिरहेका प्रहरी प्रमुख केसीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *