ललितपुरको कुपन्डोलस्थित बाग्मती नदी किनारमा एक पुरूषको शव फेला परेको छ। आइतबार बिहान ८ बजे ललितपुर महानगरपालिका-१ को वडा कार्यालय नजिक बाग्मती नदी किनारमा अन्दाजी ४०-४२ वर्षका पुरूषको शव फेला परेको हो।

शव घोप्टो परेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताएका छन्। ‘बाढीले बगाएको जस्तो देखिएको छ। शव धेरै पुरानो जस्तो पनि देखिँदैन,’ उनले भने।

घटनाको प्रारम्भिक अनुसन्धान र शवको पहिचान खुलाउने प्रयास भैरहेको एसपी सुवेदीले बताएका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *