नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३४ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्री दर १ सय ३४ रुपैयाँ ६४ पैसा रहेको छ ।
आज युरोपियन युरो एकको खरिद दर १ सय ४६ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर १ सय ४७ रुपैयाँ ०५ पैसा पुगेको छ ।
यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १ सय ७० रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर १ सय ७१ रुपैयाँ ४४ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ४९ पैसा रहेको छ ।
यस्तैगरी साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ८६ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर २९ रुपैयाँ ८४ पैसा पुगेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
