नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रबार एक विज्ञप्ती मार्फत क्रिकेट टोलीले श्रीलंका भ्रमणका क्रममा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग ३ एकदिवसीय खेल खेल्ने बताएको छ।
श्रीलंका डेभलभमेन्ट टिमसॅंग नेपालले ३ वटा ५० ओभरको अभ्यास खेल्ने जनाएको छ ।नेपालले पहिलो खेल सेप्टेम्बर ३ मा. दोस्रो खेल सेप्टेम्बर ५ मा र तेस्रो खेल सेप्टेम्बर ७ मा खेल्ने भएको छ ।
यस अभ्यास खेल पछि नेपालले क्यानडामा आगामी महिना हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ प्रस्थान गर्नेछ ।
क्यानले श्रीलंका भ्रमणमा जाने १९ जना खेलाडीको नामावली समेत निकालेको छ । टिमको १९ सदस्यीय टिम तपसिल बमोजिम रहेको छ।
नेपाली क्रिकेट टोली
कप्तान रोहित पौडेल, आसिफ सेख, अनिल कुमार साह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण के सी, गुलशन झा, रिजन ढकाल, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने
