नेपाली बजारमा डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६८ पैसा पुगेको छ।
यो डलरको हालसम्मकै उच्च मूल्य हो। यस अघि डलरको उच्च मूल्य १३४ रुपैयाँ ६६ पैसा (बिक्रीदर) थियो। त्यसैगरी, आज युरोपियन युरो एकको खरिददर १४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६० पैसा रहेको छ।
बिहीबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५९ पैसा रहेको थियो भने आज एकको खरिददर एक सय ७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ९० रुपैयाँ २४ पैसा र बिक्रीदर ९० रुपैयाँ ६५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ २५ पैसा र बिक्रीमा ९९ रुपैयाँ ७० पैसा कायम भएको छ।
यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आज ३० रुपैयाँ ९१ पैसा र बिक्रीमा ३१ रुपैयाँ ५ पैसा कायम भएको छ।
