काठमाडौँबाट भारतको राजस्थान तर्फ जाँदै गरेको यात्रुवहाक बस दुर्घटनामा परेको छ। बस आज बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा परेको हो। दुर्घटनामा परी २३ जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ।
आज बिहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ। बस पल्टिँदा बसका २३ जना यात्रु घाइते भएका छन्। बसमा करिब ४५ जना यात्रु सवार रहेकामा २३ जना यात्रु घाइते भएका र अन्य यात्रु भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए। घाइतेको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार उपचार भइरहेको बताइएको छ।
