देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर-पूर्व आसाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल कोशी,मधेस,बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली भएको छ भने कोशी, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस ,बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, मधेस बागमती र गण्डकी तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई भेगका केही भू-भागमा हुरी चल्ने सम्भावना छ।

आज राति कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मुख्यतया मौसम  सफा रहनेछ। कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी तथा बाँकी प्रदेशका एक-दुई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा कोशी, बाग्मती र गण्डकी तथा बाँकी प्रदेशका एक-दुई स्थानका केही भू-भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

विभागले कोशी र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न सतर्कता अपनाउन समेत अनुरोध गरेको हो।