चितवनमा आजदेखि पुस १५ गतेसम्म ‘मह उत्सव’ हुँदैछ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको आयोजनामा महको बजारीकरणका लागि ‘मह उत्सव’ गरेको हो।

परियोजनाका मौरीजोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्रीकक्ष राखेर त्यहाँ आउने जोकोहीलाई मह चखाइने छ।

परियोजनाले मौरीजोन अन्तर्गतका मौरीपालक उद्यमी किसानका उत्पादन प्रवर्धन गर्ने उद्देश्यले बजारीकरण, ‘प्याकेजिङ’ र ‘लेबलिङ’ मा सहयोग गर्दै आएको छ।

आर्थिक वर्ष २०७५/७६देखि  चितवनमा मौरीजोन स्थापना भएको हो। नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिव शर्माले मह उत्सवले मौरीपालक किसानमा उत्साह भरेको बर्ता। चितवनमा गत वर्ष आठ सय मेट्रिकटन मह उत्पादन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *