बिहीबार बिहानै जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको छ।
आज बिहान ६ बजेर ३३ मिनेटमा भूकम्प चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प आसपासका जिल्लामा समेत महशुस गरिएको छ। यसअघि मंगलबार दार्चुला केन्द्रविन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो।
गत वर्षको कात्तिक १७ गते जाजरकोटकै बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव चार म्याग्निच्यूडको भूकम्प जाँदा एक सय ६० जनाको ज्यान गएको थियो।
