भारतमा हुने सातौं दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) यु-१९ च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपाल र भारत एकै समूहमा परेका छन्।

काठमाडौँमा हिजो सार्वजनिक गरिएको ‘ड्र’ मा नेपाल समूह ‘बी’ मा परेको हो। नेपालको समूहमा भारतसँगै श्रीलङ्का छ। त्यस्तै समूह ‘ए’ मा माल्दिभ्स, भुटान र साविक विजेता बङ्गलादेश छन्। यस प्रतियोगितामा पाकिस्तान भने सहभागी हुने छैन।

च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख २५ देखि जेठ ४ (मे ८ देखि १८) गते सम्म हुने तय भएको छ। च्याम्पियनसिपमा कुल ९ खेल हुनेछन्। जहाँ समुह चरणमा ६ तथा २ सेमिफाइनल र फाइनल हुनेछ।

नेपाल यो च्याम्पियनसिपको पहिलो संस्करणको विजेता हो। सन् २०१५ मा पहिलो पटक विजेता बनेको नेपालले दोस्रो पटक २०१७ मा उपाधि जितेको थियो।

भारतले सर्वाधिक ३ पटक उपाधि जितेको छ। गत संस्करण नेपालमा भएको च्याम्पियनसिपको फाइनलमा बंगलादेशले नेपाललाई ४-१ ले हराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *