ललितपुरका केही क्षेत्रमा आजदेखि लागू हुने गरि दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय, ललितपुरले पुल्चोक र भैंसेपाटी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो।

पुल्चोकमा रहेको यूएन हाउस, पुरानो मन्त्रीनिवास क्षेत्र र भैंसेपाटीमा रहेको नयाँ मन्त्रीनिवास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, ललितपुरले जनाएको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अतिविशिष्ट व्यक्तिहरूको निवास तथा मुख्य–मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय, ललितपुरले निषेधाज्ञा जारी गरेको हो।

निषेधाज्ञा जारी भएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *