म्यानमार र थाइल्याण्डमा हिजो गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ४४ जना पुगेको छ। सयौँको संख्यामा घाइते भएका छन्।

भत्किएका भवनहरूमा फसेकाहरुको उद्धार कार्य चलिरहेको छ। भूकम्पले बैङ्ककमा निर्माणाधीन ३० तले गगनचुम्बी भवन लगाएत पुल, सडक पनि भत्किएका छन्। म्यानमारले अन्तर्राष्ट्रिय सहायताको लागि अपिल गरेको छ। कुनै पनि देश या संस्थालाई सहयोग खुला गरिएको बीबीसीले जनाएको छ।

म्यानमारमा गएको ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण म्यानमार र सीमावर्ती थाइल्यान्डका बैंककसहित विभिन्न क्षेत्रमा क्षति पुगेको छ। पहिलो भूकम्प गएको १२ मिनेटपछि फेरि ६ दशमलव ४ म्याग्निच्युडको अर्काे भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय (यूएसजीएस) ले जनाएको छ ।